काठमाडौँ–६ (२)मा एमालेका मास्के विजयी


 


काठमाडौँ, मंसिर ७
काठमाडौँ ७ (२) मा नेकपा (एमाले)का उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिए ।

यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताए ।

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्