ललितपुर ३ बाट प्रतिनिधिसभामा तोसिमा कार्की विजयी



काठमाडौं, मंसिर ८
ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन् ।

खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी भुसालले ८ हजार ७६९ मत पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट विजयी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News