रूपन्देही-५ मा एमालेका घिमिरे विजयी



भैरहवा, मंसिर ८
रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् ।

९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउदै घिमिरे विजयी भएका हुन् ।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे ।

१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News