बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ : करिश्मा मानन्धर



काठमाडौं, मंसिर ९
नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेकी छन्।

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले समाजिक सञ्जालमा भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।बाघलाई हायनाहरूले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो।’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले थप लेखेकी छिन्,‘मधेसमा दुईजना महिला प्रतिनिधि जित्नु सानो कुरा होइन । सम्पूर्ण कम्रेडहरूलाई शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News