एमालेका खगराज अधिकारी कास्की १(क) बाट निर्वाचित



पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् ।

अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याएका छन् ।

प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री भइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News