समानुपातिकमा एमालेले कटायो १० लाख मत, राष्ट्रिय स्वतन्त्र पार्टीको कति ?


 


काठमाडौं, मंसिर ९
आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ निर्वाचन नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणना पनि जारी छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो नम्बरमा छ । समानुपातिक तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ।

निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ।

माओवादी चौथो स्थानमा छ। उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ।

जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ। नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत छ ।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्