सुनसरी – ४ मा कडा टक्कर : पुनः कार्कीको अग्रता, कुसियैत ४ मतले पछाडि


 


सुनसरी, मंसिर १५
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछाडि पार्दै कार्कीले चार मतले अग्रता लिएका हुन् ।

ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ७३ मत ल्याउँदा एमालेका कुसियैतले ३० हजार ६९ मत प्राप्त गरे ।

उनीहरुबीच कडा टक्कर देखिएको छ । यसभन्दा अघिको मतपरिणाममा एमालेका कुसियैत अगाडि थिए ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्