व्यवस्थापिका–संसद्को बैठक बस्दै


 


sansad-bhawan-of-nepalकाठमाण्डौ , कार्तिक २६

व्यवस्थापिका–संसद्को बैठक आज बस्ने भएको छ ।

हिजो बस्ने भनिएको बैठक संसद् सचिवालयले सूचना प्रकाशित गरी आजसम्मका लागि स्थगित गरेको थियो । आज बिहान ११ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावका विषयमा छलफल हुनेछ ।

एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले लगाएको महाभियोग प्रस्तावबारे संसदमा छलफलले निरन्तरता पाउन लागेको हो ।

महाभियोग प्रस्तावबारे कात्तिक ९ मा पहिलो छलफल भएको थियो । त्यसपछि तिहार, छठ लगायतका पर्व परेका कारण संसद बैठक स्थगित गरिएको थियो ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्