समानुपातिकतर्फ १ करोड ३ लाख ७९ हजार ३५८ मत गणना, कसको कति मत ?


 


काठमाडौं, मंसिर १६
प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७९ हजार ३५८ मत गणना गरिएको छ ।

शुक्रबार बिहान ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमाले अग्रस्थानमा कायमै छ ।

एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २६ लाख ४३ हजार २ सय ९६ मत ल्याउँदै एमालेको पछिपछि छ भने ११ लाख ६१ हजार १ सय ७३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ। समाजवादीले २ लाख ९४ हजार १८ मत ल्याएको छ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्