प्रधानमन्त्रीका लागि देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँ


 


काठमाडौं, मंसिर १६
नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँमा उभिएका छन् ।

१४ औं महाधिवेशनमा फरकफरक कित्तामा रहेर निर्वाचित विश्वप्रकाश शर्मा र गगन थापा संसदीय दलको नेताका लागि एकै ठाउँमा उभिने भएका हुन् ।

सभापति देउवासहितका पुराना नेताहरूप्रति जनस्तरमा वितृष्णा देखिएको अवस्थामा आगामी सरकारको नेतृत्वका लागि युवा नेताहरू एक भएर अघि बढ्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

अबको नेतृत्व युवा पुस्तामा आउनुपर्ने र नयाँ योजनासहित जनभावनाअनुसार सरकार हाँक्ने अठोटका साथ दुई महामन्त्री एक ठाउँमा उभिएर सकारात्मक सन्देश दिएको कांग्रेसका दोस्रो पुस्ताका नेताहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्