बाजुरामा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकियो, सहमतिको प्रयास जारी


 


बाजुरा, मंसिर १६
बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ ।

जिल्लाको हिमाली गाउँपालिका-६, धिम मतदान केन्द्रको मतगणना गर्दा मुचुल्काभन्दा ४० मत बढी मत भेटिएपछि गणना रोकिएको हो ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको हो । ४० मतलाई गणना नगर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बद्री पाण्डे अग्र स्थानमा रहेका छन् भने एमालेका कर्णबहादुर थापा पाण्डेलाई पछ्याइरहेका छन् । पाण्डेले ५ हजार ३९९ मत ल्याउँदा थापाले ४ हजार १३० मत प्राप्त गरे ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्