एमाले नेता रिजाल भन्छन्– माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर नफर्किए सकिन्छ


 


काठमाडाैं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताएका छन् ।

पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उनको दाबी छ ।

‘कम्तीमा दोस्रो पुस्ताका र युवा नेता–कार्यकर्ताले अब त बुझ्नुपर्ने हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’ आफ्नै बचेखुचेको भविष्यका लागि पनि माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ ।

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्