गोकुल बास्कोटाको प्रश्न – कसले र किन ममाथि हमला गर्छ ?


 


काठमाडौं, मंसिर १९
नेकपा एमालेका नेता तथा काभ्रेपलाञ्चोक २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाले आफूमाथि पटक पटक हमला गर्न खोजेकाले सत्यतथ्य पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् ।

भक्तपुरको मध्यपुरथिमी १ मा रहेको बास्कोटाको घरमा आइतबार शंकास्पद वस्तु फेला परेपछि अबेर राती उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो आग्रह गरेका हुन् । उनले लेखेका छन्, “मान्छेलाई मार्न सकिन्छ तर उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न ।”

पटक पटक आफूमाथि भएको यस्ता घटनाले आफू अचम्मित भएको भन्दै नेता बास्कोटाले सत्यतथ्य पत्ता लगाउने काम सरकारको भएका बताए ।

आइतबार बिहान बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु फेला परेको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्