समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना, कुन दलको कति पाए ?


 


काठमाडौं, मंसिर १९
मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा २७ लाख ८८ हजार ३५६ मत ल्याउँदै नेकपा एमाले पहिलो स्थानमा छ ।

यस्तै २६ लाख ६० हजार २४६ मतसहित कांग्रेस दोस्रो स्थानमा कायम छ । यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ ।

समानुपातिकतर्फ माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाउँदा राप्रपाले ५ लाख ८६ हजार ६३८ र जसपाले ४ लाख २० हजार ९४६ मत पाएको छ ।

यस्तै नयाँ दर्ता भएर निर्वाचनमा होमिएको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ५२३ मत प्राप्त गरेको छ । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार ३६२ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२ मत ल्याएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्