भीम रावल भन्छन् – संसद सचिवालयको पत्र राज्य संचालनमा वेथिति र विकृतिको पराकाष्ठा



काठमाडौं, मंसिर २२
नेकपा एमालेका नेता डा. भीम रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. रावलले यस्तो टिप्पणी गरेका हुन् । त्यसको जिम्मेवारी देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

“उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्टा हो, यसको देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनु पर्दैन र ?,” उनले ट्वीटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News