जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन


 


prachandaमोरङ , कार्तिक २६

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज विराटनगरमा विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्न उन्ले निर्देशन दिएका छन ।

प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै गुणस्तरीय कार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्नेसमेत बताए ।

राजनीतिक दलबीच समझदारी बढाएर सबैको सहमतिमा संविधान कार्यान्यनको काम अगाडि बढाइएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका साथै तीन तहको निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीले सकारात्मक वातावरण बनाएर कार्य गर्न जरुरी रहेको बताएका छन ।

कार्यक्रममा निमित्त मुख्य सचिव टङकमणि शर्माले विकासको गति सुस्त भएकाले यसतर्फ कर्मचारी अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्