जबरालाई सर्वाेच्च प्रवेश गर्न नदिन धर्ना दिँदै बार



काठमाडौं, मंसिर २३
नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने भएकाे छ ।

संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वाेच्च जान खोजिरहेका छन् । उनले बिुधबार पनि सर्वाेच्च प्रवेश गर्ने तयारी गरेका थिए ।तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए ।

त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।
महाभियोग निस्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News