यही महिनाभित्र संविधान संशोधन विधेयक दर्ता हुन्छ : प्रधानमन्त्री


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ , कार्तिक २६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक तयार भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत संशोधन विधेयक दर्ता गर्न सहमति दिएको उनको दाबी छ ।

सरकारको १०० दिनको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यसै महिनाभित्र संविधान संशोधन विधेयक दर्ता हुने जानकारी दिए ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्