दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा


 


काठमाडौं, पुस ७
नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् ।

कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उनका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताएका हुन् ।

थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताएका छन् भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताए ।

संसदीय दलको नेताको मतपरिणाम सार्वजनिक भएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पारे । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्