३ सय दिनमा गर्न नसकिने काम १०० दिनमा गरेको प्रचण्डको दावी तपाई पत्याउनुहुन्छ ?


 


काठमाण्डौ , कार्तिक २६

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको दावी गरेका छन्।

सरकार गठनको १ सय दिन पुरा भएको अवसरमा सरकारका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताए।

उनले उच्च अदालत गठन र उच्च सरकारी वकिल कार्यालय गठन गरिएको बताए। भाषा आयोग गठन गर्नु सरकारको उपलब्धी भएको प्रधानमन्त्रीले बताए। संविधान कार्यान्वयनको लागि विभिन्न कानुन निर्माण गर्न विधेय पेश गरेको उनले बताए।

संसदबाट १४ वटा विधेयक पारित भएको र ३९ वटा विधेयक विचाराधिन रहेको प्रचण्डको भनाइ थियो ।

स्थानीय र संघीय निर्वाचन समयमै सम्पन्न गरि संविधान कार्यान्वयन गर्न सरकारले सबै तयारी गरेको प्रधानमन्त्रीले बताए। स्थानीय तहको पुनसंरचना गर्ने काम अन्तिम चरणमा रहेको उनले बताए।

उनले यो अवधिमा आर्थिक क्षेत्र पनि सकारात्मक भएको बताए। आर्थिक परिसुचक सकारात्मक भएको प्रचण्डको भनाइ थियो ।

सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारीसँग कुरा गर्दै समयमा नै काम सम्पन्न आग्रह गरेको बताए।

तराई मधेस आन्दोलनमा मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको र जनयुद्धमा वेपत्ता तथा मृतकका परिवारलाई आर्थिक सहायता कार्यक्रम घोषाणा गरिएको बताए।

भूकम्प पछिको पुननिर्माणमा ३५ सय जनशक्ति परिचालन गरिएको, भूकम्प प्रतिरोधि घर निर्माण गर्न १९ सयलाई डकर्मी तालिम दिइएको उनले बताए। भूकम्प पीडितलाई दुई लाख रकमबाट वृद्धि गरि ३ लाख पुर्याइएको सरकारका उपलब्धिमा उल्लेख छ। धरहराको निर्माण तत्काल प्रारम्भ हुने उनले बताए।

सरकार गठन भएपछि ११ सय ५१ पटक बजार अनुगमन गरिएको प्रधानमन्त्रीले बताए । हेलो सरकारमा एप्सबाट सुझाव पठाउन सकिने व्यस्था सरकारले गरेको बताए। यस्तै हाम्रो सुदुरपश्चिम मोवाइ एप्स निर्माण गरिदै गरेको र हत्केलामा नीजामति सेवा नामक एप्स बनाइएकोलाई उपलब्धिमा समेटिएको छ।

नयाँ बर्षमा मेलम्चीको पानी काठमाडौंमा आउने गरि काम गर्ने निर्देशन दिएको र विकास निर्माणका काम तोकिएको समयमा गर्न निर्देशन दिएको बताउँदै उनले ति काममा आर्थिक अभाव हुन नदिने बताए।

दुर्गम क्षेत्रबाट सञ्चालित मिडियालाई सहुलियत दिने र पत्रकारको सुरक्षाको विषयलाई समेटेर नीति ल्याउन लागेको दाहालले बताए।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्