एमालेबाट को बन्ला राष्ट्रपति ?


 


काठमाडौं, पाैष ११
एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी पदमा छिटै छलफल गरी निष्कर्षमा पुग्नेछौं,’ एमालेका एक नेताले भने ।

राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपतिबारे धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।

एमालेका ती नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जनाभन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । एमाले स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ ।

यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेत्री हुन् । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी थिइन् । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्