रवि लामिछानेको छलाङै छलाङ


 


काठमाडौं, पाैष १२
राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए ।

त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका हुन् । एमाले माओवादीको नयाँ सत्ता गठबन्धनमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेले जब सोमबार मन्त्रिपरिषद् गठन हुँदा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए तब आमसर्वसाधारण चकितजस्तै भए ।

कतिपयले त यसलाई फिल्मसँग नै तुलना गरे । रवि उपप्रधान तथा गृहमन्त्री हुँदा ३ घण्टाको फिल्मको कथा हेरेजस्तै अनुभूति गरे धेरै सर्वसाधारणले । उनी शितलनिवासमा गृहमन्त्रीको शपथ लिएर सिंहदरबारमा जाँदा गृह मन्त्रालयमा छुटै माहोल सिर्जना भएको थियो ।

गृह प्रशासन अर्लटजस्तै देखिएको थियो । शपथ सकेर मन्त्रालयमा पदवहाली गरेपछि उनले गरेको पहिलो निर्णय पनि चुनौतीपूर्ण नै देखिएको छ ।

गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन आवश्यक पहल गर्ने निर्णय गरे । शपथ ग्रहणपछि कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयका रूपमा निर्मला पन्तलाई न्याय दिनका लागि पहल गर्ने निर्णय गरेको बताए । राजधानी दैनिकबाट

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्