सरकारकाे सय दिनलार्इ कमल थापाकाे टिप्पणी : दशैं तिहारको मनोरञ्जन



बुटबल, कार्तिक २७
kamal-thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको सय दिनलाई दशैं तिहारको मनोरञ्जन जस्तै भएको संज्ञा दिएका छन् । रिपोटरर्स क्लव लुम्बिनीद्धारा आज बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन ।

उनले राजनैतिक दलहरु सत्ताखेलमा लागेका कारण संविधान कार्यान्वयन र निर्वाचनमा आशंका उब्जिएको बताउदै भने, ‘दलहरु मिल्न आवश्यक छ ।’ लोकमान प्रकरण बारे संचारकर्मीहरुको जिज्ञासामा नेता थापाले यत्रो महत्वपूर्ण बिषयमा दलहरुसंग परामर्श नगर्नु गलत भएको भन्दै आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिनेछ भने ।

मदेशका समस्या चाडो समाधान गर्न नसके संविधान कार्यान्वयनमा कठनि हुने समेत राप्रपा नेपालका अध्यक्ष थापाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News