सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते


 


सुर्खेत, माघ ८
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी शनिबार राति दुर्घटनामा परेको हो ।

प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेर दैलेखको गुराँस गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ।

दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ। गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: ८ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्