यस कारण गरे काँग्रस केन्द्रिय नेताहरुले युवा संघ अध्यक्ष पहारीको जयजयकार


 


pahari

पोखरा, कात्तिक २७

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले शनिबार नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन समारोहलाई सम्बोधन गरेका छन् ।

पोखरामा आयोजित समारोहमा पहारीको सशक्त सम्बोधनले कांग्रेसका युवा नेताहरुको मन जितेको छ ।

सम्बोधन सकिएपछि कांग्रेसका युवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, रामहरि खतिवडा, बद्री पाण्डे, गुरु घिमिरे लगायतले ‘तपाईले हाम्रो कुरा बोल्नुभयो’ ‘आज उत्कृष्ट बोल्नुभो’ भन्दै हात मिलाएर प्रशंसा गर्दै बधाई दिएका थिए ।

पहारीको सम्बोधनपछि कांग्रेस युवा नेता रामहरि खतिवडाले भने- ‘उहाँले युवाहरुको पक्षमा उत्कृष्ट बोल्नुभयो । पार्टी फरक भएपनि हामी युवाहरुको एजेण्डा एउटै हो ।’ सम्बोधन गर्दा युवा नेताहरुको ताली र सम्बोधन सकिएपछि प्रशंसा पाएर उत्साहित देखिएका पहारीले तरुण दलको कार्यक्रममा ठूलो सम्मान पाएको बताए । ‘म आयोजकलाई धन्यवाद दिन चाहन्छु कि मलाई मेरा कुरा राख्ने अवसर दिनुभो । सम्मान दिनुभो ।’

विमलेन्द्र निधिले मन पराएनन्

पहारीको सम्बोधन सकिएपछि कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधि बोलेका थिए ।

पहारीतर्फ संकेत गर्दै उनले पूर्ववक्ताले भ्रम झरेको भनेपछि हुटिङ भएको थियो ।

यस्तो थियो पहारीको सम्बोधन

– नेपाली कांग्रेसलाई लोकतन्त्र समाप्त गर्न तल्लिन लोकमान तन्त्रको बचाउमा नलाग्न आग्रह ।

– १२ वर्षमा खोलो फर्कन्छ भनेझै १२ बर्षमा अधिवेशन गर्न सफल भएकोमा तरुण दललाई बधाई

–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई पारित गरेर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न कांग्रेस नेतृत्वलाई आग्रह ।

– भारतभक्ति देखाएको कांग्रेस नेतृत्वले सोनिया गान्धी प्रधानमन्त्री नबनेको यथार्थ अंगीकृत नागरिकताको पछिल्लो बिबादमा अनुशरण गरे राष्ट्रहितमा हुने सुझाव ।

– पोखरा बिमानस्थल निर्माण कार्य केपी ओली प्रधानमन्त्री भएको बेलामा सुरु भएकोमा पछिल्लो समय चाइनिज कम्पनीले निर्माण कार्य सुरु गरिसकेको अवस्थामा हाल रोकिएकोमा तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण ।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्