प्रधामन्त्री प्रचण्ड किन पुगे अचानक काभ्रेको सुकुटे!


 


काठमाडौं, कात्तिक २७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कसैलाई थाहै नदिई सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

पारिवारिक भेटघाट र आरामका लागि भनेर प्रधानमन्त्री प्रचण्ड सुकुटे पुगेका हुन ।

पत्नी सितासहित केही सुरक्षाकर्मीका साथ सुकुटे पुगेका उनी शनिबारको रात आराम गरेर आइतबार काठमाडौं फर्कने छन् ।

प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकका कुनै नेता तथा सुरक्षा निकायलाई जानकारी नै नदिइँ सुकुटे पुगेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्