Deshko News
८ आश्विन २०८०, सोमबार

अमेरिकाबाट कुकुर ल्याउँदै नेपाल प्रहरी



prahari-kukur

काठमाडौं,कात्तिक २८

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ ।

नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य अमेरिकाबाट ‘ब्लड हाउन्ड’ र ‘बेल्जियन सेफर्ड’ प्रजातिका त्यस्ता कुकुर ल्याउन लागेको हो ।

९ मध्ये ६ ओटा नेपाल प्रहरीले खरिद गरेर र तीन ओटा अमेरिकी सहयोगमा ल्याउन लागेको हो ।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिमप्राप्त दक्ष कुकुरको आवश्यकता पर्ने भएकाले ती कुकर खरिद गर्न लागिएको स्रोतको दाबी छ । खरिद गर्न लागिएका ती कुकुरहरू हाल प्रहरीसँग भएकाभन्दा निकै सुघ्ने क्षमता र निकै तीक्ष्ण भएको प्रहरीको दाबी छ ।

स्रोतका अनुसार यहाँका कुकुरले ६० घण्टासम्मको सुघ्ने क्षमता राख्छन् । तर, अहिले खरिद गर्न लागिएका कुकुरले घटना भएको ९० घण्टासम्मको अवस्थालाई सँुघेर पत्ता लगाउन सक्छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News