बन्द गराउँदै हिड्ने माओवादी कार्यकर्ता पक्राउ


 


bandaकाठमाडौं, कात्तिक २८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज देशभरी बन्द गराएको छ । महंगी, कालोबजारी, खाद्य सम्प्रभुताको माग गर्दै गरिएको भनिएको बन्दका कारण मुख्य शहरहरुको जनजीवन प्रभावित भएको छ ।

लामो दुरीका गाडी नचल्दा अतिआबश्यक कामका लाथिग जानुपर्नेहरु मारमा परेका छन् । काठमाण्डु उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उपत्यकाका चोक चोक तथा भित्री गल्लीमा सादा पोशाकका प्रहरी खटाइएका छन् । त्यस्तै बन्द गराउँदै हिड्ने केही दर्जनलाई पक्राउ गरिएको खबर छ । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई प्रहरीले विहानै पक्रेको हो ।

सिन्धुलीको चियाबारीमा भने अज्ञात समूहले एउटा बलेरो गाडीमा आगजनी गरेका छन् । काठमाडौंबाट बर्दिबास जाँदै गइरेको स १ च ११४४ नम्बरको गाडीमा आगो लगाइएको सिन्धुली प्रहरीले जनाएको छ । आगो लगाउनेको खोजी भइरहेको जनाएको छ ।

आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्