बन्दकर्ता द्धारा आगजनी



gadiकाठमाडौं, कात्तिक २८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्द उलङघन गरेको भन्दै कैलालीको अत्तरिया नगरपालिका गेटमा बन्दकर्ताले एउटा ट्रकमा आगो लगाएका छन् ।

मोटर साइकलमा आएका दुई जनाले गुडिरहेको से १ क ४३७ नम्बरको ट्रकमा आगो लगाएका हुन् । ट्रक चालक सामान्य घाइते भएका छन् भने ट्रक जलेर नष्ट भएको छ । आगजनीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उता, दोलखामा घरमै पार्किङ गरेर राखिएको दुई वटा मोटरसाइकल र एउटा कार जलाइएको छ । अज्ञात समूहले बिहानै २ बजेतिर आगो लगाएर फागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरामा भने तरुण दलका महाधिवेशन प्रतिनिधि चढेका बहानलाई अबरोध नगर्ने माओवादी कास्कीले जनाएको छ ।

बन्दको कारण पोखरामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, पसल, कलकारखाना र शैक्षिक संस्था सबै ठप्प छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News