यो कुनै रङ्गशाला होइन, न त कसैको बाँझो जमिन नै, यो हो बैतडी विमानस्थल


 


airport-sudur-paschim2

बैतडी, कात्तिक २८
२०५४ साल देखी बन्द भएको बैतडीको पाटन विमानस्थल अझै सञ्चालमा आएको छैन ।

तत्कालीन माओवादी द्धन्दको समयमा विमानस्थल भवन तथा टावरमा आगजनी भएपछि २०५४ साल देखी बन्द भएको विमानस्थल गौचरणमा परिणत भएको छ ।

राजधानीबाट सडक यातायातमार्फत २ दिन लाग्ने बैतडी जिल्लामा रहेको विमानस्थल सञ्चालन नहुँदा आपतकालीन आवस्थामा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको केन्द्रमा रहेको पाटन विमानस्थल सञ्चालनमा नआउँदा बिरामीलाई अस्पताल लैजानसमेत यहाँका जनताले समस्या भोग्नु परेको छ ।

हाल यो विमानस्थल गौचरण, खेलमैदान, सवारीसाधन सिक्ने मैदान र खच्चरहरूको बस्ने थलोको रूपमा परिणत भएको छ ।

पटक–पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि आग्रह गर्दासमेत कामले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

तत्कालीन एमाओवादी सरकारका पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए पनि यो विमानस्थल भने अझै सुचारु हुन सकेको छैन ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्