डा. केसीद्धारा १० औं आमरण अनसन सुरु


 


gobinda-kc

काठमाडौं, कात्तिक २८
डा. गोविन्द केसीले १० औं पटक आमरण अनसन सुरु गरेका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्तीप्रति असुन्तुष्टि जनाउँदै डा. गोविन्द केसीले १०औं पटक अनशन सुरु गरेका छन् ।

त्रिविका उपकुलपति डा. तीर्थ खनियाँले आइतबार नै पत्र बुझ्ने गरी प्राध्यापक डा. केशवप्रसाद सिंहलाई डिन नियुक्त गरेका छन् ।

डा.के सीले वरिष्ठताका आधारमा डा. जगदिशचन्द्र अग्रवाललाई डिन नियुक्त गर्नु पर्ने माग गर्दै आएका छन् ।

नौ महिनादेखि रिक्त रहेको डिनमा त्रिवि उपकुलपति कार्यालयले सिंहलाई नियुक्त गरे पनि वरिष्ठताको आधारमा डिन नियुक्त नभएको भन्दै डाक्टर केसीले अनशन सुरु गरेका छन् ।

मेडिकल शिक्षामा सुधारको माग राखेर डा. केसी यसअघि नौं पटक अनशन बसिसकेका छन् ।

केसीले चिकित्सा संस्थानमा वरिष्ठताको साटो राजनीतिक आस्थाका आधारमा नियुक्ति गरेको भन्दै डा. केसीले उपकुलपति खनियालाई समेत बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्