राष्ट्रिय युवा संघ भोजपुरको अध्यक्षमा रविन थापा


 


भोजपुर, चैत्र १६
राष्ट्रिय युव संघ नेपाल भोजपुरको अध्यक्षमा रविन थापा निर्वाचित भएका छन् । बुधबारबाट शुरु भएको नवौं जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको उपाध्यक्षमा धनकुमार राई, सचिवमा भिशन राई, सह सचिवमा दिपेश राई, विष्णु मगर र कोषाध्यक्षमा भावना कार्की चयन भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज ज्ञानेन्द्र राईले जानकारी दिए ।

संघको नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरु विनोद ढकाल, हरिबहादुर राई, अइन्द्र सुन्दर नेम्बाङ, किरण पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्