निर्वाचनलाई संविधान संशोधनसँग नजोड्न नेपालको आग्रह


 


madav-nepalसिरहा, कार्तिक २८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनलाई संविधान संशोधनसँग नजोड्न आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल, सिरहाले आज लहानमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले स्थानीय निकायको निर्वाचनलाई संविधान संशोधनसँग जोड्न नहुने बताए ।

निर्वाचन हुन नसके देशमा संवैधानिक संकट आउने, लोकतान्त्रिक उपलब्धि पनि संकटमा पर्ने जिकिर गर्दै उनले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न गराएर राजसंस्था फर्काउने खेलमा पूर्व राजा ज्ञानेन्द्रसमेत लागेको आरोप लगाए ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्