Deshko News
११ आश्विन २०८०, बिहिबार

ट्विटरको लोगो परिवर्तन, अब चराको ठाउँमा कुकुर



काठमाडौं, चैत्र २१
सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ ।

ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर कुकुरलाई राखेका हुन् । गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आएका छन् ।

अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गरे ।

मस्कले आफ्नो ट्विटर ह्याण्डलमा एक तस्बिर (कार्टुन) राखेर यसबारे जानकारी पनि गराए । चराको लोगो पुरानो भएकाले नयाँ लोगो प्रयोग गरिएको त्यो कार्टुनले देखाउँछ । यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News