रसुवागढी नाका चार दिन बन्द



1479086868rasuwagadi1-2काठमाण्डौ ,कार्तिक २९

नेपाल र चीनबीच सञ्चालनमा रहेको व्यापारिक नाका रसुवागढी चार दिन बन्द हुने भएको छ ।

भूकम्पपछि बिग्रिएको सडक मर्मत गर्ने क्रममा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै एकतर्फी रुपमा चार दिन यातायात संचालनमा रोक लगाएको हो ।

चीनतर्फको खम्बाटारदेखि केरुङसम्मको सडक मर्मत गर्नुपर्ने भएको छ ।

आइतबारदेखि चार दिनसम्मका लगि नाका बन्द भएपछि चिनियाँ पर्यटकको आवागमन समेत ठप्प भएकोे छ भने आवश्यक सामग्री ल्याउन लागेका व्यवसायी पनि समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News