आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


 


काठमाडौं, चैत्र २४
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार राति कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्