३० लाख अवैध आप्रवासीलाई प्रारम्भ मै स्वदेश फर्काउने ट्रम्पको योजना


 


trumpकाठमाण्डौ ,कार्तिक २९

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् ।

अमेरिकी च्यानल ‘सीबीएस’लाई अन्तरवार्ता दिदैं ट्रम्पले यस्तो योजना सार्वजनिक गरेका हुन् । उनले आपराधिक गतिविधिमा सामेल भएका आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउने वा जेल हाल्ने आफ्नो योजना रहेको बताए ।

ट्रम्पले निर्वाचन प्रचारका क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए । उनले आफू उक्त प्रतिबद्धतामा कायम रहेको पनि बताए । सीमाका केही भागमा पर्खाल र केही भागमा तारबार लगाउन उपयुक्त हुने उनको भनाइ थियो ।

ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्नेछन् । अमेरिकामा करिब १ करोड १० लाख आप्रवासी आधिकारिक दस्तावेज विना नै बस्दै आएको अनुमान छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्