फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


 


काठमाडौं, चैत्र २८
मंगलबार सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्