माछापुच्छे बैंकद्वारा धादिङको कालीदेवी विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान


 



काठमाडौं २६ बैशाख । माछापुच्छे बैंकको धादिङ्ग स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका –६ मा रहेको कालीदेवी आधारभुत विद्यालयलाई ७ वटा कम्प्युटर र एउटा कलर प्रिन्टर सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले बैंकले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो ।
कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्न समेत र पाठ्य सामग्री अध्ययन गर्न समेत उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्