डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच छिट्टै भेट हुने


 


trump_xi_jinping

काठमाडौं, कात्तिक २९

अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच छिट्टै भेट हुने भएको छ ।

उनीहरुबीच टेलिफोनमार्फत भएको वार्तामा चाँडो भन्दा चाँडो भेट्ने सहमति भएको अन्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समय अगाडी डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग आफ्नो कुनै कुरा नभएको बताएका थिए । भने चिनियाँ राष्ट्रपतिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै अमेरिका र चीनको काँधमा विश्वको जिम्मेवारी रहेको प्रतिक्रिया दिएका थिए ।

केही समय अगाडी चिनियाँ राष्ट्रपतिसँग कुनै कुरा नभएको बताउने ट्रम्पले एक्कासी चिनियाँ राष्ट्रपतिसँग कुरा गरेर चाँडै भेट्ने सहमति भएपछि चीनलाई एसियामा आफ्नो प्रभुत्व जमाउने योजनामा अमेरिकी सहयोग रहने र यसले चीनलाई धेरै सजिलो हुने विशवास गरिएको छ ।

यद्यपि दुबै देशका राष्ट्रपतिबीच भेट गर्ने सहमति भएपनि कहिले भेट गर्ने भन्ने निश्चित गरिएको छैन ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्