संघीय गठबन्धनद्धारा सरकारलाई १५ दिने अल्टिमेटम


 


pm-gathabandhan-neta-bhet-n

काठमाडौं, कात्तिक २९

संविधानप्रति असन्तुष्ट जनाउँदै आएको संघीय गठबन्धनले सरकारलाई १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा मोर्चाले सरकारले संविधान संशोधनको प्रस्ताव आलटाल गरिरहेको आरोप लगाउँदै अबको १५ दिनभित्र पनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्ताव दर्ता गराउन सरकारले गृहकार्य गरिरहेको र प्रस्ताव अन्तिम चरणमा पुगेकोले अब कांग्रेस र एमालेसँगको सहमति पछि संसदमा प्रस्ताव दर्ता हुने जानकारी गराएका छन् ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्