कश्मिरमा फेरि गोलाबारी, सात पाकिस्तानी सैनिकको मृत्यु!


 


kashmir

एजेन्सी ।

भारतीय सेना र पाकिस्तानी सेनाबीच पछिल्लो पटक भएको गोलाबारीमा ७ जना पाकिस्तानी सैनिकको ज्यान गएको छ ।

आइतबार राति कश्मिरको लाइन अफ कन्ट्रोलको भिवर क्षेत्रमा भएको गोलबारीमा सात जना पाकिस्तानी सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त लाइन अफ कन्ट्रोल नै कश्मिरमा भारत र पाकिस्तानको सीमा रेखा हो ।

आइतबार राति एलओसीमा भारतीय सेनाको तर्फबाट भएको आक्रमणको आफुले जवाफ दिने क्रममा गोलबारी भएको र आफ्ना सात जना सैनिकले ज्यान गुमाएको पाकिस्तानी सेनाले जनाएको छ । तर भारतीय सेनाले भने कुनै जवाफ दिएको छैन ।

भारत प्रशासित कश्मिरको उरीमा पछिल्लो समय सेप्टेम्बर १८ मा आक्रमण हुँदा १८ जना भारतीय सैनिकको ज्यान गएपछि दुबै देशबीचको तनाव अझै सामान्य हुन सकेको छैन ।

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्