लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्यो


 


काठमाडौं, वैशाख ५
लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट सरकारले खुला गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन ।

सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गर्दै नियमावली पास गरसँगै जग्गा कित्ताकाट खुला भएको हो ।
भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन्।

प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्