पैसा नतिर्ने प्रयोगकर्ताको भेरिफाइड एकाउन्टबाट ‘ब्लु टिक’ गायब



काठमाडौं, वैशाख ८
ट्विटरले पैसा नतिर्ने प्रयोगकर्ताहरूको ‘ब्लु टिक’ हटाउन सुरु गरेको छ । ब्लु चेकमार्क भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै कम्पनीले पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क हटाउने चेतावनी दिँदै आएको थियो ।

कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातीबाट हटेको हो ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् ।

उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए । ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News