लोकमानको बचाउका लागि राजधानीमा प्रदर्शन



lokmansingh

काठमाडौं, कात्तिक २९
अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावका विषयमा छलफल चलिरहेकै बेला लोकमानको बचाउ गर्न प्रदर्शन गरिएको छ ।

सोमबार राजधानीको नयाँ बानेश्वरमा कार्कीको बचाउ गर्दैै उनका समर्थकहरुले ‘भ्रष्टारविरुद्धको अभियान सफल पारौ, लोकमान जनता तिम्रो साथमा’ छ भन्ने नाराका साथ प्रर्दशन गरेका हुन ।

सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले आफूहरु पनि भ्रष्टाचारमा मुछिने डरले लोकमानमाथि महाभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाउँदै आफुहरु लोकमानको बचाउका लागि प्रदर्शन गरिरहेका आन्दोलनका अगुवा बालकृष्ण न्यौपानेले जानकारी दिए ।

सत्तारुढ दल माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेका १५७ जना सांसदहरुले कात्तिक ३ गते लोकमानमाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News