उपनिर्वाचनबाट चुनिएका सांसदहरु रवि, स्वर्णिम र उपेन्द्रले आज सपथ लिंदै


 


काठमाडौं, वैशाख १५
उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदैछ ।

चितवन २ बाट निर्वाचित रवि लामिछाने, बारा २ बाट निर्वाचित उपेन्द्र यादव र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उक्त क्षेत्रमा यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो ।

कांग्रेसले जितेको तनहुँ १ बाट कांग्रेस त्यागेर रास्वपामा गएका अर्थविद वाग्ले चुनिए भने अघिल्लो पटक जनमत पार्टीका सीके राउतसँग सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको बलमा बारा २ बाट चुनाव जिते । चिनवन २ मा भने रविले नै भारी बहुमतका साथ बाजी मारे ।

प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्