मन्त्री बन्दै कांग्रेस सांसद सुरेन्द्र आचार्य


 


काठमाडौं, वैशाख २४
नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन् । उनलाई वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो ।

उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । राष्ट्रपतिको कार्यालयका अनुसार दिउँसो साढे १२ बजे शपथ कार्यक्रम हुनेछ ।हाल सो मन्त्री रहेका महिन्द्र राय यादवको भने मन्त्रालय परिवर्तन हुने भएको छ ।

यसअघि यही वैशाख २१ गते कांग्रेस सांसदहरू धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका थिए।

यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए।

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्