राप्रपा र राप्रपा नेपालबीच आउँदो ६ गते पार्टी एकता हुने सहमति


 


काठमाडौं, कात्तिक ३०
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण हुने लिखित सहमति भएको छ ।

मंगलबार भएको सहमतिमा आगामी मंसिर ६ गते राप्रपा र राप्रपा नेपालबीच एकिकरणहुने भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्ताैलाले बताए ।

उक्त सहमति पत्रमा पार्टीको केन्द्रीय महाधिवेश माघ मसान्तसम्म गरिसक्ने उल्लेख गरिएको छ ।
एकीकरणपछि राप्रपाको अध्यक्ष एवं संसदीय दलको नेता कमल थापा र पशुपति शम्शेर राष्ट्रिय अध्यक्ष बन्ने सहमति भएको बर्ताैलाले जानकारी दिए ।

यी दुइटै पार्टीबीच यस अघि पनि पार्टीएकीकरणको कुरा चलेको थियो तर पाटी एकिकरण हुन सकेको थिएन ।

अहिले दुबै पार्टीबीच लिखित रुपमा नै एकिकरण गर्ने सहमति भएकाले एकीकरण हुबाट नरोकिने विश्वास गरिएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्