तरुण दलको अध्यक्षमा जितजंग बस्नेत, यसरी भयो सहमति


 


काठमाडौं, कात्तिक ३०
नेपाली काँग्रेसको भातृ संगठन तरुणदलको अध्यक्षमा जितजंग बस्नेत सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

पोखरामा जारी चौथो महाधिवेशनमा पार्टीको शिर्ष नेतृत्त्व तहबाट गरिएको भागवण्डाका आधारमा देउवा पक्षबाट उनी तरुण दलको अध्यक्षमा चयन भएका हुन् ।

देउवाका विश्वास पात्र मानिने नेविसंघका पूर्वमहामन्त्री समेत रहेका जितजंग बस्नेत नेविसंघको महाधिवेशनमा अध्यक्षको उम्मेदवारबाट पछि हटेका थिए ।

शिर्ष नेतृत्त्वले गरेको भागवण्डमा पौडेल, सिटौला, र खुमबहादुर खड्का पक्षलाई क्रमशः महासचिव, उपाध्यक्ष, तथा कोषाध्यक्ष दिने सहमति गरिएको चुनावस्थल पोखरामा रहेका नेविसंघ नेता उत्तम साउदले जानकारी दिए ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्