पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ


 


काठमाडौं, वैशाख २७
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान निवासबाटै पक्राउ परेका हुन् ।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको बताइएको छ ।

उनलाई प्रहरी परिसर टेकु लगिएको बुझिएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्